सल्यानमा जिल्लास्तरिय खुल्ला कराँते प्रतियोगिता संचालन हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ५ कार्तिक । सल्यानमा जिल्ला स्तरिय खुल्ला कराँते प्रतियोगिता सञ्चालन हुने भएको छ । खेलकुद र खेल प्रतिभाको पहिचान र विकास, प्रवद्र्धन गर्ने एवम् कराँतेको माध्यमबाट जिल्लाको पहिचान कायम राख्ने उद्देश्य सहित छत्रेश्वरी गाउँपालिकाको दमाचौरमा जिल्ला स्तरिय प्रतियोगिताको आयोजना गरिएको हो ।

नेपाल सितोरियो कराँते संघ सल्यानको आयोजना र प्रतिभाशाली युवा क्लब छत्रेश्वरी–१, दमाचौरको सह–आयोजनामा जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिता आयोजना गरिएको हो । यहि कार्तिक ९ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा खुला नृत्य प्रतियोगिता पनि समावेश गरिएको नेपाल सितोरियो कराँते संघ सल्यानका अध्यक्ष तथा कराँतेका अन्तराष्ट्रिय रेफ्री चित्र रानाले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस प्रतियोगिताले जिल्लाका कराँते खेलाडीहरूलाई एकीकृत गर्ने र नव–प्रतिभाशाली खेलाडीहरूको पहिचान गर्ने उनको विश्वास छ । प्रतियोगिताका विजयी खेलाडिहरुलाई कप, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

जिल्लामा कराँतेजस्ता खेलकुदलाई प्रोत्साहन गर्न, खेलाडीहरूलाई नयाँ अवसरहरू प्रदान गर्न, र खेलकुदको महत्वलाई स्थानीय स्तरमा स्थापित गर्न तथा खेलाडीहरूको प्रतिभा उजागर गर्न र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न योग्य खेलाडीहरू छनोट गर्नका लागि यस प्रतियोगिताले भुमिका खेल्ने अध्यक्ष रानाको विश्वास छ । यस्तै शारीरिक गतिविधिको माध्यमबाट युवा तथा अन्य व्यक्तिहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने र आत्मरक्षा सीपमा दखल राख्न प्रोत्साहित गर्ने, अनुशासन, आत्म–नियन्त्रण, र आत्मविश्वास विकास गर्ने पनि आयोजकले अपेक्षा राखेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्तिक ९ गते विहान १० बजे प्रतियोगिता उद्घाटन हुने जानकारी दिदै प्रतिभाशाली युवा क्लबका अध्यक्ष सुरेन्द्र चन्दले प्रतियोगि खेलाडिहरुका लागि खाना तथा आवासको प्रवन्ध गरिएको जनाए । नृत्य प्रतियोगिताले स्थानीय कला, संस्कृतिलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad