दाङमा सर्प महोत्सव हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २ कार्तिक । दाङमा तीन दिनसम्म सर्प महोत्सव हुने भएको छ । मानव र सर्प बीचको द्धन्द्ध न्यूनिकरण गर्ने र वातावरण सन्तुलन कायम राख्नका लागि सर्पको संरक्षण गर्ने उद्देश्यले सर्प महोत्सव संचालन गर्न लागिएको हो ।

तुलसीपुरको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा कार्तिक ८, ९ र १० गतेसम्म सञ्चालन हुने महोत्सवमा विषालु सर्पको प्रदर्शन, विषालु सर्प र अविषालु सर्प चिन्ने तरिका, मानव र सर्प बीचको द्धन्द्ध न्यूनिकरण लगायतका विषयमा जानकारी गराइने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी महोत्सवमा सर्पबाट बच्ने उपाय र सर्पले टोकेपछि गरिने प्राथमिक उपचार तथा अस्पतालमा गरिने उपचार पद्धतिका विषयमा सर्पदंशमै काम गरेका चिकित्सकद्वारा सचेतना प्रदान गर्ने लगायतका कार्यक्रमहरू रहेको सर्प उद्धार अभियन्ता प्रभात भण्डारीले जानकारी दिनुभयो ।

महोत्सव अवधिभर तुलसीपुर उपमहानगरपालिका सहित शान्तिनगर र दंगिशरण गाउँपालिकामा सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कक्षा ८ देखि माथिका विद्यार्थीहरू, पालिका, वडा तथा टोल प्रतिनिधि र सामुदायिक वनका प्रतिनिधिलाई विषालु र अविषालु सर्पको पहिचान गराइने आयोजकले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा २० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । हामी संरक्षणको लागि काम गछौँ नामक संस्थाले शुक्रबार आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर सर्प महोत्सव तथा मानव वन्यजन्तु बिच सम्बन्ध सचेतना कार्यक्रम गर्न लागेको जनाएको हो ।

आयोजक संस्थाका अध्यक्ष सन्दिप वलीको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको हो । पत्रकार सम्मेलनमा उपाध्यक्ष वसन्त सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव गरिमा डाँगीले गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad