दाङ्गको बंगलाचुलीमा टिप्पर दुर्घटना हुंदा चालकको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ्ग, २ कार्तिक । दाङ्गको बंगलाचुलीमा टिप्पर दुर्घटना हुंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घोराहीवाट थारा तर्फ जाँदै गरेको रा १ ख १८५७ नम्बरको खाली टिप्पर दुर्घटनामा परि चालक दाङको गढवा गाउँपालिका – ७ का २९ बर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही–तापासडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका– ४ जुम्लेपानीमा उक्त खाली टिप्पर शुक्रबार बिहान १ बजेतिर दुर्घटनामा परेको दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो । टिपरमा चालक एक्लै सवार रहेको प्रहरीले बताएको छ ।

दुर्घटनाको कारण खुली नसकेको तथा अनुसन्धान जारी रहेको डिएसपी थापाले बताउनु भयो । टिपर सडकदेखि करिब ८० मिटर तल खसेको थियो । चौधरीको शब पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad