दशैँ मनाउन गएकाहरु फर्किने क्रम शुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २८ असोज । दशैँ मनाउनका लागि गाउँघर गएकाहरु कर्मथालोमा फर्किने क्रम शुरु भएको छ । विभिन्न पेशा व्यवसायमा आवद्ध नागरिकहरु दशैँ मनाएर फर्किन थालेसंगै बजारमा चहलपहल बढ्दै गएको छ ।

दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही, नारायणपुर, बिजौरी, हापुरे लगाएतका बजारमा चाप बढेको प्रहरीले जनाएको छ । दशैँ बिदा भोलि सकिने भएकाले गाउँघर गएका धेरैजसो नागरिकहरु कर्मथलो फर्किन थालेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसपाली पनि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर भएको नागरिकले गुनासो गरेका छन् । बिस्तार तथा मर्मतका लागि खनिएका र भत्काइएका सडकमा समयमै काम नहुँदा यात्रा कष्टकर बनेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad