विदेशबाट आएका बेला बिरामी परे सरकारले उपचार खर्च दिने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २८ असोज । वैदेशिक रोजगारीमा रहेकाहरु दसैँ मनाउन घर आएका बेला बिरामी परे सरकारले उपचार खर्च ब्यहोर्ने भएको छ । श्रम सम्झौता नसकिएको र रोजगारीको क्रममा बिदामा आएकाहरू बिरामी परे उनीहरूको ७ लाख रुपैयाँसम्मको उपचार खर्च सरकारले व्यहोर्ने भएको हो ।

त्यसको लागि आवश्यक कागजपत्र लिएर वैदेशिक रोजगार बोर्डको कार्यालयमा सम्पर्क गर्नुपर्ने बोर्डका प्रवक्ता टीकाराम ढकालले सीआईएनसँग बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबीच चाडपर्वका बेला अस्पताल र अन्य स्वास्थ्य संस्थामा डाक्टरसहितका जनशक्तिको ब्यवस्थापन गरिने भएकाले विरामी भए घरमै नबस्न सरकारले अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालले डाक्टरदेखि अन्य स्वास्थ्यकर्मी, फार्मेसी, एम्बुलेन्स चालकलगायतलाई आलोपालो ड्युटीमै वा तयारी अवस्थामा राख्ने भएकाले चाडबाडका बेला भनेर बिरामी भए पनि घरमै नबस्न सीआईएनमार्फत अनुरोध गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad