दाङमा जुवाको खालबाट ११ जना जुवाडे पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २८ असोज । दाङमा जुवाको खालबाट ११ जना जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका – ३ निवासी ३५ वर्षका गणेश योगी, सोही ठाउँ निवासी ३३ वर्षका मेघराज रजौरे, ४० वर्षका लम्बुधर चौधरी रहेका छन् ।

यस्तै ५५ वर्षका भागीराम चौधरी, ३० वर्षका श्यामेश्वर वली, ३९ वर्षका निराजन धिताल, ५० वर्षका महावीर चौधरी, ४२ वर्षका शिवहरी धिताल, ३५ वर्षका ओम प्रकाश पुरी, ३२ वर्षका गोकुल धिताल र ४१ वर्षका आनन्द रजौरे रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको प्रहरी टोलीले एक लाख ६ हजार ६ सय पचास रुपैयाँ सहित जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको हो । प्रहरीले ४ गड्डी तास, तास खेल्नको लागी बिछाएको म्याट समेत बरामद गरेको छ । भागीराम चौधरीको घरबाट राती करिब साढे १० बजे पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad