रोल्पामा जीप दुर्घटनामा परि एक जनाको मृत्यु

दाङ, २५ असोज । रोल्पामा जीप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका – ४ खस्रडाँडाका २५ बर्षीय अर्जुन डाँगीको जीप दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रोहितकुमार यादवले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गएराति दशबजेतिर रिजावाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ – घर्तीगाउँ भित्री सडक खण्ड अन्तरगत माडी – ४ आरुवा भन्ने स्थानमा राति दश बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनाको खवर पछि प्रहरी राति १२ बजेतिर मात्रै घटनास्थल पुगेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad