तरकारी तथा फलफूल सुरक्षित राख्न तुलसीपुरमा चिस्यान केन्द्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको तरकारी तथा फलफूल कृषि बजार केन्द्रमै चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बजार केन्द्रमा राखिएका तरकारी तथा फलफूल सुरक्षित राख्नका लागि चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले बजार केन्द्रमा दैनिक एक सय क्विन्टल तरकारी र फलफूल खरिद तथा बिक्री वितरण हुने जानकारी दिनुभयो ।

चिस्यान केन्द्र सञ्चालनमा आएपछि व्यापारीहरूलाई फलफूल तथा तरकारी खरिद पश्चात् लामो समयसम्म सुरक्षित राख्न सहज हुने र उपभोक्ताहरूलाई समेत मूल्यमा कम पर्ने अध्यक्ष घिमिरेको भनाई छ । चिस्यान केन्द्रमा पाँच मेट्रिक टन तरकारी तथा फलफूल भण्डार गर्न सकिने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले जिल्लाका चारवटै पालिकामा उत्पादन भएका कृषिजन्य वस्तुको भण्डारका लागि तुलसीपुर औद्योगिक ग्राममा संघ र स्थानीय सरकारले संयुक्त रुपमा चिस्यान केन्द्र निर्माण सुरु गरेको बताउनुभयो । नगर प्रमुख खड्काले बजार केन्द्रमा सञ्चालनमा ल्याइएको चिस्यान केन्द्रबाट बजारको फलफूल तथा तरकारीलाई सुरक्षित राख्न सकिने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख खड्काले चिस्यान केन्द्रको उद्‌घाटन गर्नु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad