हराएका मोबाइल भेटाएर सम्बन्धित धनीलाई बुझायो दाङ प्रहरीले

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २१ असोज । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न स्थानबाट हराएका सर्बसाधारणका ६ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई बुझाएको छ । दाङको विभिन्न स्थान र टोलबाट सर्बसाधारणको मोबाइल हराउने तथा चोरी हुने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खोजतलास अभियान संचालन गरी विभिन्न स्थानबाट हराएका मोबाइलहरु फेला पारी सम्बन्धित व्यक्तिहरुलाई बुझाएको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ ।

सो अभियान अन्तर्गत दाङ प्रहरीले आधा दर्जन मोबाइल फेला पारी मंगलबारसम्म बुझाएको हो भने फेला नपरेका मोबाइलको पनि खोजतलास अभियान जारी रहेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad