रुकुम पश्चिममा लागुऔषध अफिमसहित दुई जना पक्राउ

दाङ, २१ असोज । रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार राति सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडक छेउबाट पक्राउ गरिएका उनीहरूलाई आइतबार रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ पर्नेमा आठविसकोट नगरपालिका २ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका ९ बलचौर घर भई हाल सेरिगाउँ बस्ने ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत बरामद गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad