दाङमा गाई काटेर खाएको आरोपमा चार जना पक्राउ

दाङ, २० असोज । दाडमा प्रहरीले गाई काटेर खाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका वडा नं. ६ वनकट्टीका ३२ वर्षका वागमती विक, सोही ठाउँकै ३४ वर्षका नौमती विक, ३४ वर्षकी नौरती विक र १९ वर्षका टोपे विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरुले केही  दिन अघि गढवा ६ वनकट्टीमा सोही गाउँपालिका वडा नं. ५ मनिकापुरस्थित गौशालाबाट पाल्न भनी अन्दाजी दुई वर्षको गाईको बाच्टो काटेर आएको प्रहरीले जनाएको छ । उनीहरु चारै जनालाई प्रहरीले मासुसहित नियन्त्रणमा लिएर पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

गाई नेपालको राष्ट्रिय जनावर भएकाले काटेन प्रतिबन्ध छ । राष्ट्रिय जनावर भएकै कारण नेपालमा गाईलाई गौमाताको रुपमा पुजाआजा गर्ने गरिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad