दाङमा ब्राउन सुगरसहित दुई जना पक्राउ

दाङ, २० असोज । दाङमा प्रहरीले दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर ८ का २६ वर्षका गणेश सुनार र अनिस परियार छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरुलाई अमिलियाबाट खटिएको प्रहरीको टोलीले कोहलपुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा ५ प ४८२ नम्बरको मोटरसाइकलमा आउदै गर्दा नियन्त्रणमा लिएको हो ।

तुलसीपुर ४ का २२ वर्षका अनिस परियारले चलाएको उक्त मोटरसाइकलमा चेकजाँच गर्दा मोटरसाइकलमा सवार सुनारको साथबाट ५५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad