२१ वर्षे मनीषाको हनीट्र्याप धन्दा– ५ लाख असुलेर हत्या

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ असाेज । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– २ की २१ वर्षीया मनीषा महत सामान्य परिवारमा जन्मे/हुर्केकी हुन् । सामाजिक सञ्जालमा देखिने आफ्नै उमेरका युवायुवतीको रहनसहन र जीवनशैलीले मनीषालाई आकर्षित गर्‍यो । कलिलै उमेरमा सजिलै पैसा कमाउने तरिका सोच्न थालिन् । १६ वर्षको उमेरमा उनी एकाएक घर छाडेर हिँडिन् । सानिमा नाता पर्ने एक महिलाको भारतीय युवकसँग विवाह भएको थियो । उनकै देवर नाता पर्ने भारतीय नागरिक अन्सुसँग मनीषाको राम्रै चिनजान थियो ।

मनीषा अन्सुसँगै दिल्ली घुम्न गइन् । दिल्ली पुगेपछि अन्सुले आफ्ना साथी शिवमसँग चिनाए । २३ दिन दिल्ली र नोयडा घुमेका यी तीनजनाले पैसा कमाउने जुक्ति निकाले ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भारतकै तुसार भन्ने व्यक्तिसँग अन्सुको चिनजान थियो । ‘नेपालबाट एउटी युवती ल्याएका छौं’ भनेर तुसारलाई मनीषासँग परिचय गराए । केही दिनमै तुसार र मनीषा नजिक भए ।

तुसार पैसा खर्च गर्न माहिर थिए । उनले आफूसँग दुई/चार लाख भारतीय रुपैयाँ रहेको बताएपछि मनीषा, शिवम र अन्सुले लुट्ने योजना बनाए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुसारलाई ग्रेटर नोयडा भन्ने स्थानको कोठामा बोलाएर कुटपिट गरी परिवारसँग फिरौतिबापत १ लाख ५० हजार भारतीय रकम लिई दिल्ली पुगे ।

तीन महिना अगाडिको यो घटनापछि शिवम र अन्सुले नेपालमा पनि यस्तै ‘मुर्गा’ भेटिँदैन ? भन्दै मनीषालाई सोधे । मनीषाले ‘टन्नै भेटिन्छन्’ भन्ने जवाफ दिइन् । उनीहरू गत साउनमा नेपाल फर्किए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भक्तपुरस्थित राधेराधेमा एउटा घरको फ्ल्याट भाडामा लिएर तीनैजना बस्न थाले । त्यही बीचमा कीर्तिपुर नगरपालिका– ५ का विनोद खड्गी मनीषाको सम्पर्कमा आए । मनीषाको सुन्दररूप देखेर विनोद मोहित हुन पुगे ।

मनीषा किया कम्पनीको कारमा विनोदसँग हिँड्ने र रमाउने गर्न थालिन् । विनोदले पनि मनीषालाई आफूतिर आकर्षित गर्न खोजे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यहीबेला उनीहरूबीच सँगै रात बिताउने कुरा भयो । मनीषाले हुन्छ भनिन् । तर, त्यसअघि मनीषाले आफ्ना साथीहरू सरिन घिमिरे, आशिष पासवान, रिकेश पौडेल र प्रतीक पौडेललाई विनोद आउँदै गरेको जानकारी गराएकी थिइन् । विनोदलाई अपहरण शैलीमा कब्जामा राख्ने र फिरौती माग्ने योजना बन्यो ।

असोज ५ गते अन्सु खानले बानेश्वरमा प्रतीक गौतमलाई भेटी विनोदलाई अपहरण गरेर फिरौती माग्ने योजना सुनाए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आशिष पासवानको फलफूल पसलमा समेत गई योजना बताएर चारजना मनीषाको डेरामा जाने र त्यही नजिक भेला हुने योजना बन्यो ।

असोज ५ गते बिहान १० बजे मनीषाले ‘मेरो नागरिकताको प्रतिलिपि बनाउन जान सहयोग गर्नुपर्‍यो’ भनी फोन गरेर विनोद खड्कीलाई बेलाइन् । बिहान साढे ११ बजे विनोद गाडी लिएर मनीषाको डेरामा पुगे । त्यतिबेला शिवम् र मनीषा खाना पकाउँदै थिए ।

विनोद अण्डा र रक्सी खाँदै थिए । त्यतिबेला शिवम हिमालय गेटतर्फ लागे । विनोदले खाना खाइरहेको समयमा मनीषाले खुर्सानी किन्ने बहानामा बाहिर निस्किएर अन्सुलाई फोन गरिन् ।

‘सबै तयार छ । अबको ५ मिनेटमा हिमालय गेटमा जम्मा भएका अन्सु, शिवम, सरिन, रिकेश, प्रतीक र आशिषमध्ये प्रतीक र शिवम स्कूटरमा आउँछन्, ढोका खोल्नेबित्तिकै झ्यामझुम हानिहाल्छौं,’ मनीषाले फोनमा भनिन् । विनोदले ढोका खोल्नेबित्तिकै सबैले लात्तीले संवेदनशील अंगमा हानेर सख्त घाइते बनाउँछन् ।

३० लाखको बार्गेनिङ, ५ लाखमा मिल्यो कुरा 

सबैजना मिलेर फिरौती रकमको बार्गेनिङ शुरू गरे । शुरूमा सबैले ३० लाख माग्ने कुरा गरे । तर, ‘मनीषाले ३० लाख बढी भयो, १० लाख मागौं’ भनिन् ।

विनोदले ‘मसँग त्यति पैसा छैन, ५ लाखसम्म हुन्छ भने दिन तयार छु,’ भने । त्यसपछि विनोदले आफ्नै मोबाइलबाट फोन गर्न खोजे ।

त्यतिबेला उनको मोबाइल ह्याङ भएपछि अन्सुकोमा सिम राखेर आफ्ना साथी प्रदीप थापा मगरलाई फोन गरे ।

‘तुरुन्त ५ लाख चाहियो’ भन्ने उनको आग्रहबमोजिम प्रदीप पैसा लिएर भनेको ठाउँमा आइपुगे । त्यो पैसा बुझेर आशिष पासवान मनीषाको कोठामा पुगे ।

त्यसपछि मनीषा, अन्सु, शिवम्, आशिष र प्रतीक मिलेर विनोदको हत्या गर्ने योजना बनाउँछन् । ‘विनोदले हामीलाई भोलिको दिनमा छाड्दैन, यसलाई मारेर फालिदिम्’ भन्ने योजना बन्छ । आशिषले गाडी चलाउने, अन्सु र शिवमले गाडीको बीचमा विनोदलाई राख्ने, मनीषाले गेट खोल्ने र घरवरिपरि रेकी गर्ने तथा प्रतीकले गाडीको अगाडि स्कूटरले स्कर्टिङ गर्ने’ कुरा हुन्छ ।

राति १० बजे विनोदको गाडी मनीषाको कोठाबाट सूर्यविनायक गणेश मन्दिर हुँदै गुन्डुतर्फ जाने पक्की सडकमा पुग्छ । त्यही बेला गाडी रोकी विनोदलाई ढुंगाले छातीमा हानी हत्या गरेको देखिन्छ ।

हत्यापछि साँगा, धुलिखेल हुँदै पाँचखाल ४९ किलोस्थित अरनिको राजमार्गबाट ८ मिटर तल झाडीमा विनोदको शव फालेर उनीहरू फर्किन्छन् ।

पैसा यसरी लगाइयो भाग

असोज ६ गते विभिन्न स्थानमा भेटी अन्सुले मनीषालाई १ लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार र आफ्नो दिदी रोशनीलाई ५० हजार गरी जम्मा १ लाख ८० हजार दिएको देखिन्छ ।

घटनाको सम्बन्धमा प्रहरीलाई थाहा भयो भने मनीषाको कोठामा तास खेल्ने क्रममा विनोदले पैसा हारेका कारण विवाद गरेपछि सामान्य कुटपिट र झै–झगडा भएको अनि उनी निस्किएर गएको बताउने योजना बन्छ ।

त्यतिसम्मबेला प्रहरीमा विनोद हराएको सूचना पुगिसकेको थियो ।

केटीको मोबाइल नम्बर, सिम राखेर विनोदले साथीलाई फोन गरेको मोबाइल र तथा विनोदको गाडीका कारण शव भेट्न र आरोपीहरूलाई पक्रिन क्लु मिल्छ ।

यो क्रूर घटना हो– एसपी खड्का

काभ्रे प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले यो घटना ज्यादै क्रूर भएको बताइन् ।

‘युवा समाजमा हुर्कँदै गरेको विकृति यो घटनाले पुष्टि गर्छ । एउटी युवतीको महत्त्वाकांक्षाले आज उनलाई प्रहरी हिरासतमा पुर्‍याएको छ ।’

मनीषाको जीवनशैली देखेपछि प्रहरीहरू नै छक्क परेका थिए ।

उनले प्रहरीसँगको बयानमा आफू जग्गा कारोबारी रहेको र त्यसका आधारमा जीवनयापनमा बदलाव आएको बताएकी थिइन् ।लोकान्तरबाट