रोल्पामा बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

दाङ, १८ असाेज । रोल्पामा बालिका बलात्कारको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा माडी गाउँपालिका २ खोलबाङका ३२ वर्षीय बिर्सी विक छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​​

Blog Post Ad Blog Post Ad Blog Post Ad

विकले ती बालिकालाई विवाह गर्छु भनि ललाई फकाई आफ्नै घरमा लगेर बुधबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad