दाङमा जुवाको खालबाट नगदसहित सात जना पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ असोज । दाङमा जुवाको खालबाट नगद सहित सात जना पक्राउ परेका छन् । दाङ प्रहरीका अनुसार रूकुम पुर्वको भुमे गाँउपालिका वडा नम्बर ३ घरभई हाल घोराही – १४ नयाँ बसपार्कमा कुमारी होटल संचालन गरी बस्ने ४० वर्षका बोधधन रोका, रूकुम पुर्व पुथाउत्तरगंगा– ११ घरभई हाल घोराही–१५ बस्नेत ४१ वर्षका रामचन्द्र बुढा, सोही ठाँउका ५६ वर्षका विष्णु बुढा रहेका छन् ।

यसैगरी सोही ठाँउका ५७ वर्षका ज्योती बुढा, घोराही–१५ का ४३ वर्षका अम्मर घर्ती, रूकुम (पुर्व ) पुथाउत्तरगंगा गाँउपालिका वडा नम्बर ११ घरभई हाल घोराही – १४ बस्ने वर्ष ५६ का सुकलाल बुढा र घोराही–१३ बस्ने वर्ष ४१ का दिपक बिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ परेका साथबाट तास खेल्न प्रयोग गरिएको तासको गड्डी ३ थान र नगद ५८ हजार ४५५ रुपैंया बरामद गरेको डिएसपी थापाले जानकारी दिनुभयो ।

हिजो साँझ ५ बजेतिर घोराही–१४ मा रहेको कुमारी होटलमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान गरीरहेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad