तुलसीपुर–अमिलिया सडक भत्किएपछि एकतर्फी सवारीसाधन सञ्चालन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ असोज । दाङको तुलसीपुर–अमिलिया सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा पक्की सडक भत्किएको छ । बर्सातका कारण उक्त सडक अन्तर्गत नालाको पानी निकासका लागि राखिएको हेमपाइप दबेपछि सडक भत्किएको हो ।

सडकको आधा भाग भत्किए पनि एकतर्फी रूपमा सवारी साधनहरू सञ्चालन भइरहेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष मोहन पौडेलले जानकारी दिएका छन् । सडक भत्किएको स्थानमा यातायातका साधन सञ्चालन भइरहेको भन्दै वडाध्यक्ष पौडेलले भने, ‘सडक भत्किएका कारण ठुला गाडी सञ्चालन हुँदा जोखिम देखिन्छ तर सवारी साधनहरू सञ्चालन भइरहेका छन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडक डिभिजन कार्यालय दाङले भत्किएको सडक मर्मतका लागि प्रयास गरे पनि बर्सातका कारण हुन नसकेको जनाएको छ । सडक भत्किएको ठाउँमा वाल उठाएर सडक मर्मत गर्नु पर्ने अवस्था रहेको र पछिल्लो समय पानी निरन्तर परिरहेकाले सडक मर्मत हुन नसकेको सडक डिभिजन कार्यालय दाङका सव–इन्जिनियर नारायण दाहालले जानकारी दिएका छन् । उनका अनुसार बर्सात कम भएपछि लगत्तै सडक मर्मत हुने छ ।

शनिवार मात्रै राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा सडक भासिएको थियो । अविरल वर्षाका कारण सल्यान–कपुरकोट र दाङको सीमानाामा पर्ने राम्री नजिकै सडक भासिएपछि सडक अवरुद्ध भएको थियो । जेसिभीको सहायतामा भित्ता काटेर काम चलाऊ सडक निर्माण गरेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भासिएको स्थान नजिकै तथा आसपासका क्षेत्रमा अहिले पनि उच्च जोखिम भएकाले यातायातका साधन सञ्चालन गर्दा सतर्कता अपनाउँदै सवारी चलाउन सव–इन्जिनियर दाहालले आग्रह गरेका छन् । बर्सातका कारण भत्किएर सडक कमजोर बनेको अवस्थामा ठुला सवारी साधनका कारण सडकमा थप क्षति हुन सक्ने जोखिम रहेकाले भासिएको सडक मर्मत गर्न माग गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad