दशैंमा हुने प्रथम सल्यान टेक गोल्ड कपको तयारी तीब्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ असोज । सल्यानमा हुने प्रथम सल्यान टेक गोल्ड कप–२०८१ को तयारी तीब्र पारिएको छ । सल्यान टेक प्रालिको आयोजनामा यही असोज १८ गतेदेखि असोज २२ गतेसम्म हुने प्रतियोगिताको तयारी तिब्र पारिएको खेल संयोजक बासुदेव चलाउनेले जानकारी दिनुभयो। अहिले समुह दर्तासंगै आयोजना स्थल खलङ्गाको लुहापिंगको खेल मैदानमा सरसफाई गरिएको हो ।

खेलको विकास र विस्तारसँगै खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमलाई नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेता समुहलाई ३१ हजार १ सय ११ रुपैयाँको पुरस्कार राखिएको संयोजक चलाउनेले बताउनुभयो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

फुटबल प्रतियोगीतमा १४ जना खेलाडी जिल्ला भित्रको र २ जना खेलाडी जिल्ला बाहिरको समावेश हुन पाइने उहाँले जानकारी दिनुभयो । टिम दर्ताको समय असोज १६ गते बेलुका ५ बजेसम्म कायम गरिएको र टिम दर्ता शुल्क ५ हजार ५ सय राखिएको आयोजकले जनाएको छ ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad