दाङमा बलात्कार गरेको अभियोगमा यादव पक्राउ

दाङ, ११ असोज । दाङमा एक महिलालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–२ बेला बस्ने २७ वर्षीय राम प्रताप यादव रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । २२ वर्षकी महिलालाई लमही नगरपालिका–७ बनगैं स्थित करी सामुदायिक वनमा बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आरोपीलाई प्रहरीले हिजो पक्राउ गरेको हो । मोटरसाइकलमा लिफ्ट मागेकी महिलालाई उनले सामुदायिक वनको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ । आरोपीलाई वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad