राम्री-कपुरकोट सडकखण्ड आजदेखि तीन दिन अवरुद्ध हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ असोज । राप्ती राजमार्गको दाङ -सल्यान सडकखण्ड अन्तर्गत पर्ने राम्री-कपुरकोट सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ । सडक मर्मतका लागि तीन दिन सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

ठुला सवारी साधन टिप्पर र ट्रकका लागि मात्रै सडक अवरुद्ध हुने भएको हो । अरु साना सवारी साधन भने निर्वाधरुपमा संचालन हुने प्रशासनले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडकमा पहिरो खसेको र कतिपय ठाउँमा सडक भासिएको समेत हुँदा मर्मतका लागि ठुला सवारी साधन टिप्पर र ट्रक बन्द गरिन लागेको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad