‘हनी ट्रयाप’ गिरोहसँग जोडिइन् इन्सपेक्टर बिनुकुमारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० असोज । ‘हनी ट्रयापिङ’मा संलग्न गिरोहलाई कार्यालयमै बोलाएर बलात्कार आरोपी युवकसँग रकम मोलमोलाइ गरेको आरोपमा एकजना प्रहरी अधिकृत छानबिनमा तानिएकी छन् । ललितपुर प्रहरी परिसरअन्तर्गतको प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीको जिम्मेवारी खोसेर छानबिन थालिएको हो ।

शाहीलाई भैंसेपाटीबाट फिर्ता बोलाएर आवश्यक छानबिन थालिएको जानकारी उपत्यका प्रहरी कार्यालयका एसएसपी एवम् प्रवक्ता विनोद घिमिरेले दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घिमिरेले भने, ‘उनीबारे कार्यालयमै लेनदेनसम्बन्धी कुराको विवाद आएको छ। भैंसेपाटीबाट तानेर छानबिन अघि बढाउन पत्र गइसकेको छ ।’

बिनुकुमारीमाथि बलात्कारसम्बन्धी मु्द्दामा ‘हनी ट्रयापिङ’गिरोहसँग मिलेर आर्थिक लेनदेन गरेको आरोप लागेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बलात्कारसम्बन्धी एउटा घटनालाई ‘हनी ट्रयाप’मा परिणत गरेर लाखौँ रुपैयाँ लेनदेन गरेको आरोपसहित उनीविरुद्ध उजुरी परेको थियो ।

उनी जेठ २३ मा भैंसीपाटी प्रभागको नेतृत्व सम्हाल्न पुगेकी थिइन् । त्यसलगत्तै बलात्कारको एक घटनमा पीडित भनिएकासँगको साँठगाँठमा आर्थिक लाभ लिएको आरोप उनीमाथि छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसबेला बलात्कार आरोपमा मोरङ निवासी एकजना व्यापारीलाई भैंसेपाटी प्रभागमा थुनिएको थियो । तर ती व्यापारीको मुद्दा मिलाउने नाममा हिरासतमै इन्स्पेक्टर बिनुकुमारीको पनि उपस्थितिमा ३० लाख रुपैयाँ लेनदेन गरिएको खुलेको छ।

यही असोज ७ गते एकजना युवतीले मोरङका ती व्यापारीलाई भैंसेपाटीमा बोलाएकी थिइन् । युवतीकै उजुरीका आधारमा प्रहरीले ती व्यापारीलाई पक्राउ गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरी प्रभाग परिसरमै ब्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने धम्कीसहित बार्गेनिङ गरेको बताइएको छ । पीडित भनिएकी ती युवतीले प्रहरीकै सामु ब्यापारीसँग ६० लाख रुपैयाँ मागेकी बताइएको छ । बार्गेनिङका क्रममा ३० लाखमा सहमति गरिएको खुलेको छ ।

उपत्यका प्रहरी कार्यालयको छानबिनका क्रममा उक्त लेनदेनका लागि भएको बार्गेनिङ प्रभागभित्रै प्रहरीकै अगाडि भएको खुलेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बार्गेनिङका क्रममा प्राप्त भएको ३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा हालिएको थियो । बाँकी १० लाख रुपैयाँ भने चेकका रुपमा दिएर व्यापारी प्रभागबाट रिहा भएका थिए ।

उक्त कुरा चुहिएपछि ललितपुर प्रहरीले ‘हनी ट्रयापिङ’मा संलग्न युवती र उनलाई सघाउने युवकलाई पक्राउ गरिसकेको छ ।

उता इन्स्पेक्टर बिनुकुमारीथि छानबिनका लागि ललितपुर प्रहरी परिसरले समिति बनाएको छ। उक्त घटनाबारे छानबिनका लागि डीएसपी नरहरि अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ।