कांग्रेस नेता शशांक कोइरालाद्वारा प्रतिष्ठानको अवलोकन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० असोज । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गरेका छन् ।

उनीसहित कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य दिपक गिरी, केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, कांग्रेस जिल्ला सभापति शंकरप्रसाद डाँगी, कांग्रेसका महासमिति सदस्यद्वय किरणकिशोर घिमिरे, भुपबहादुर डाँगी, कांग्रेसका क्षेत्रिय सभापति भिमप्रकाश खड्काले अवलोकन गरेका हुन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अवलोकनका क्रममा अस्पतालको सेवासहित भौतिक पुर्वाधारको बिस्तारका बारेमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिस्ट्रार प्राध्यापक श्याम लम्साल, अस्पतालका निमित्त निर्देशक डा.जनार्दन पन्थीले जानकारी गराउँदै कांग्रेसका पुर्व महामन्त्री, बिपि पुत्र शशांकलाई स्वागत गरेका थिए ।

सो अवसरमा कोइरालाले अस्पतालको सेवा बिस्तारले जनताको स्वास्थ्य सेवामा पहुँच बिस्तार हुने बताउँदै प्रतिष्ठानको अस्पताल सेवासहित भौतिक पुर्वाधार विकासमा पुर्णरुपमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad