सेवाग्राहीका गुनासा सुन्न हेल्प डेस्कमा प्रजिअ लम्साल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ८ असोज । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सेवाग्राहीका गुनासा सुन्ने व्यवस्था मिलाउनुभएको छ ।

हालै सरुवा भई आउनुभएका प्रजिअ लम्सालले हाजिर भएकै दिन आइतबारेदेखि प्रत्येक दिनको १२ बजेदेखि १२ः३० बजेसम्म सेवाग्राहीसँग गुनासो सुनुवाइ थाल्नु भएको हो । कार्यालयको कोठा नं. ११० मा रहेको नागरिक सहायता कक्षमा प्रजिअ आफै उपस्थित भएर गुनासो सुन्ने उहाँले जानकारी दिनुभयो । ‘म नभएको अवस्थामा सहायक प्रजिअ र उहाँ पनि नभएको अवस्थामा प्रशासकीय अधिकृत बसेर गुनासो सुन्ने र सम्बोधन गर्ने काम हुन्छ’– प्रजिअ लम्सालले भन्नुभयो– ‘गुड गभर्नेन्समा पर्ने विषय हो । अन्तर्राष्ट्रिय प्राक्टिस पनि राम्रो छ । हामीले यहाँ आइतबारदेखि शुरु गरेका छौं र यो नियमित हुन्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लामा रहेका सबै कार्यालयको गुनासो पनि सुन्ने व्यवस्था गरिने जानकारी दिनुभयो । नागरिकहरुको जायज गुनासो सम्बोधन तथा सुझावहरुको कार्यान्वयन गर्नका लागि हरेक महिनाको ३ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रजिअ स्वयं उपस्थित भई लिखित तथा मौखिक वा अनलाइनमार्फत गुनासो तथा सल्लाह सुझाव लिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

‘जिल्लाभित्रका समग्र कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका सम्बन्धमा जायज गुनासो टिपाउने तथा सुझावहरु ग्रहण गर्ने व्यवस्था मिलाइएको छ’– उहाँले भन्नुभयो– ‘त्यसरी नागरिकबाट आएका सुझाव तथा गुनासाहरुलाई प्रत्येक महिनाको ४ गते बस्ने कार्यालय प्रमुखको बैठकमा पेश गरी सम्बोधन गरिनेछ ।’ प्रजिअ लम्सालले जिल्लाका कार्यालयको सेवा प्रवाहका विषयमा सुझाव वा गुनासा भए अनलाइन वा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन पनि अनुरोध गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad