दाङको बबई नदीमा डुबेर एक ब्यक्तीको मृत्यु

दाङ, ८ असोज । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ । सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका-७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई नदीमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार उनी दृष्टिविहीन हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीले उनको श्रीमतीसँग सोधपुछ गर्दा अर्जुन कसैलाई केही नभनी बिहान करिब साढे ८ बजे घरबाट निस्किएका थिए । साढे १० बजेतिर स्थानीयले बबई नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल अर्जुनको घरभन्दा झन्डै डेढ किलोमिटर टाढा हो ।

सूचनापछि अस्थायी प्रहरी पोष्ट सर्राका प्रहरी सहायक निरीक्षक लक्कु चन्दको कमाण्डमा तीन जना र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सोम घर्तीको कमाण्डमा थप पाँच जनाको टोली घटना अनुसन्धानका लागि खटिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शव पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad