पुरुषबाट महिला बनेकी कोहलपुरकी जेसिका खड्का

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ असोज । केही वर्षअघि उनी जीवन खडका भनेर चिनिन्थे । भित्रि मनले महिला बन्ने रहर । तर सामाजिक बाध्यता थियो । भित्रि इच्छा दबाएरै बसे । तर दबाएर कतिन्जेल बस्न सक्ने ? ‘हाल म जेसिका खडकाले चिनिन् थालेकी छु,’ कोहलपुर नगरपालिका ४ की २५ वर्षीया सुन्दरी खुलिन । सानै छँदा बुबा-आमा बिते । माया गर्ने भेटिएनन् । बिद्यालय जान्थे । शारिरीक स्वभाव महिलाको जस्तो थियो ।

साथीभाईहरुले मजाकमा उडाउँथे । उनको आत्माबल कमजोर बन्थ्यो । तर बिद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा भने चर्चा उनकै थियो । कारण थियो उनले गर्ने नृत्य । उनी हरेक गीतमा नाच्थे । दर्शकहरु नाचको प्रशंसा गर्थे । केटी बनेर नाच्न पाउँदा उनी हुरुक्कै हुन्थे । ‘सानै उमेरदेखि मेरो केटी बन्ने चाहना थियो । सांस्कृतिक कार्यक्रमले त्यो जुराउँथ्यो,’ उनले मनको बहा पोखिन, ‘समान्य अवस्थामा महिला बनेर हिड्न समस्या हुन्थ्यो । तर सांस्कृतिक कार्यक्रममा भने महिला बन्न छुट थियो ।’ कलाले लैगिक विभेद स्वीकार्दैन ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

जान्ने भएदेखि जेसिका बनेर नखुल्दासम्म लामो समय उनी उकुसमुकुसमै बिताईन । इच्छा दबाएर बाँचिन । अन्तरआत्माले महिला बन्ने सपना पूरा नहुँदा एक्लै रुन्थिन । सामाजिक परिवेशले बाँधेको थियो । एक मनले महिला बनेर स्वछन्द भएर हिड्न चाहन्थिन । तर सामाजले गर्ने ब्यवहारले आफूलाई रोक्थिन । ‘एक्लै घरमा भएका बेला रुन्थे । आफूले आफैलाई धिकार्थे,’ जेसिकाले भनिन्, ‘नाच्नु र गाउनु मेरा बाल्यकालदेखिको रहरले यहाँसम्म ल्याई पुर्यायो ।’ उनि आफुलाई तेस्रो लिगी होईन महिला भन्न बढी रुचाउँछिन ।

जेसिका जति नाच्नमा पोख्त छिन त्यही धेरै गीत गाउन पनि । अनौठो के भने उनी महिला र पुरुष दुबैको आवाजमा गीत गाउँछिन् । मेला महोत्सवमा उनको माग बढ्न थालेको छ । डान्स, महिला-पुरुषको स्वरमा गीत गाउन सक्नु उनको फरक क्षमता हो । हिन्दी, नेपाली गीतहरु ब्यवसायिक गायकजस्तै मजाले गाउँछिन । ‘भगवानले मलाई फरक क्षमता दिएको छ । महिला पुरुष दुबैको स्वरमा गीत गाउँन सक्छु,’ महिला आवाजमै उनले सुनाईन,‘हाल मेरो माग बढ्न थालेको छ । गीतका लागि पनि अफर आईरहेका छन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुरुमा उनले थारु भाषाको गीत गाउने अवसर पाएकी थिईन । उक्त गीत रुचाइएपछि माग बढेको हो । राजधानी काठमाडौंबाट पनि गीतका लागि अवसर आउन थालेकोमा उनी निकै खुसी छिनज । ‘पहिले जतिनै दुःख गरेपनि हाल आएर मेरो सपना पूरा हुन थालेको छ,’ उनले भनिन्, ‘अवसरहरु पाउन थालेको छु । आफूलाई त्यसरी नै तयारी पनि गरिरहेको छु ।’

तेस्रो लिगीहरुको हकहितमा काम गर्ने संघसंस्थाहरुको सहयोग पाएपछि उनलाई खुल्न सहज भएको हो । ‘जन्म दिने बुबाआमाले जीवन नाम दिए । कर्मले जेसिका,’ उनले भनिन् । जेसिकाको संघर्षपछिको सफलताको प्रचार हुँदै गएपछि सन्चार माध्यमहरुले अन्तरवार्ता र कुराकानीका लागि बोलाउन थालेका छन् । टेलीभिजन र रेडियोहरुमा उनले संघर्षपछिको सफलता बारे बोलिरहेकी छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘पहिले अनेकथरी भन्नेहरु प्रसंशा गर्न थालेका छन्,’ उनले भनिन, ‘जेसिकाका नामले चर्चामा आउन सकेकोमा निकै खुसी छु ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad