आन्तरिक पर्यटकको रोजाइ लखन पार्क

सन्तोष खनाल

दाङ, ६ असोज । घोराही–१४ मा रहेको प्रथम सहिद लखन थापा पार्क टिकटक बनाउने र घुमफिर गर्ने मात्रै नभएर बालबालिकालाई घुम्न जाने तथा रमाउने थलोको रुपमा विकसित हुन थालेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुर बस्दै आउनुभएकी नविता पन्थी छोरी लिएर पार्कमा पुग्नुभएको थियो । ‘प्रायः विदाको दिनमा आइन्छ’– उहाँ भन्नुहुन्छ– ‘केटाकेटी रमाउने ठाउँ भएको छ ।’ पछिल्लो समय व्यवस्थितसँगै आकर्षक बन्दै गएपछि पार्कमा जानेको संख्या पनि बढ्न थालेको छ । पार्कमा पानीको फोहोरा, बस्नलाई बेञ्च, बिजुली, पानी, शौचालय, विभिन्न जातजातिका पोशाक लगाएर फोटो खिच्ने टिकटक बनाउने, झुलेनीदेखि ‘सेल्फी जोन’ लगायतका पूर्वाधार निर्माण भएपछि लखन पार्क आन्तरिक पर्यटनको केन्द्र बन्न थालेको हो ।

घोराही बजारको मुख्य केन्द्रमै रहेको पार्कमा शनिबार र विदाको दिनमा ठूलै भीड लाग्ने गरेको छ । पार्क व्यवस्थित र आकर्षक बन्दै गएपछि घुम्न आउनेको संख्या पनि बढ्दै गएको पार्क व्यवस्थापन समितिका अध्यक्ष एकराज खनाल बताउनुहुन्छ । उहाँका अनुसार पार्कमा घुम्न तथा फोटो, भिडियो खिच्न दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । विदाको समयमा त झन धेरैले पार्क भिजिट गर्छन् । पार्क व्यवस्थित बनाउन भौतिक पूर्वाधारतर्फ विशेष ध्यान दिइएको पार्क व्यवस्थापन समितिका अध्यक्ष एकराज खनालले बताउनुभयो । ‘प्रथम सहिद लखन थापा मगर पार्क व्यवस्थापन समितिले नगरपालिकाको सहयोगमा शालिकको चारैतिर टायल लगाउने काम ग¥यो । शालिकको अगाडि÷पछाडि बत्तीका चारवटा पोल राखियो र वडा नं. १४ को सहयोगमा आठवटा बल्व बालिएको छ’– उहाँले भन्नुभयो– ‘अहिले हामीले सदावहार रहिरहने फूलको विरुवा रोप्ने काम गरिरहेका छौं । पार्कमा आकर्षण बढाउन इँटाको क्यारी बनाएका छौं ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले दिउँसो पानीको फोहोरा र रातिको समयमा पनि पार्कलाई आकर्षक बनाउन आठवटा बत्ती बालिरहेको बताउनुहुन्छ । ‘दिउँसो प्रत्येक दिन आधा घण्टा पानीको फोहोरा चलाएर आन्तरिक पर्यटकलाई मनोरञ्जन दिने काम भइरहेको छ भने राति पनि झलमल बनाउन बत्ती बालिरहेका छौं ।’ उहाँका अनुसार पार्कमा फुलको विरुवा संरक्षणका लागि एकजना माली राखिएको छ । पार्कमा झुलाको व्यवस्था गरिएको छ । टिकटक बनाउन र रमाउन विभिन्न संस्कृति झल्कने पोशाकको व्यवस्था गरिएको छ । जातीय पोशाक लगाएर फोटा खिच्न वा भिडियो बनाउन पाउने व्यवस्था पनि छ । आगामी दिनमा चारवटा गेटबाट शालिकसम्म जाने बाटोमा टायल लगाउने योजना रहेको खनाल बताउनुहुन्छ । त्यसका लागि वडा कार्यालयको सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पार्क व्यवस्थित बनाएर आन्तरिक पर्यटक रमाउने स्थल बनाउने अभियान चलाइरहेको उहाँको दाबी छ । पार्कमा मूख्य आकर्षक भनेको निर्माण गरिएका विभिन्न खालका सेल्फी संरचना, मगर, तामाङलगायतका जातजातिका पोशाक लगाएर फोटो खिच्ने व्यवस्था, झुलेनी, पानीको फोहोरा, आकर्षक फूल र दुबो जस्ता छन । पार्कमा घुमफिर गर्न कुनै शुल्क लाग्दैन । निःशुल्क घुमफिरको व्यवस्थाले मानिस सहजै पार्कमा पुग्ने गरेका छन् । पार्कको दैनिक व्यवस्थापन तथा रेखदेख गर्न घोराही उपमहानगरपालिकाले हेरालु पनि राखेको छ ।तस्बिर :कुलदीप न्यौपाने

Blog Post Ad Blog Post Ad Blog Post Ad