सल्यानमा तरबार प्रहारबाट दुई जना घाइते

दाङ, ६ असोज । सल्यानमा तरबार प्रहारबाट दुई जना घाइते भएका छन् । शारदा यातायात प्रालि र सल्यान रुकुम यातायात प्रालिका गाडीहरूको काउन्टर कहाँ राख्ने भन्ने विषयमा भएको विवादका क्रममा तरबार प्रहार भएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शारदा यातायात प्रालिका २५ वर्षीय इन्चार्ज शिवप्रसाद कुँवरले लुकाई छिपाई ल्याएको तरबारले सल्यान रुकुम यातायात प्रालिका प्रशासकीय इन्चार्ज ४४ वर्षीय शालिकराम डाँगी र शिवप्रसाद कुँवरलाई घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइते शालिकराम डाँगीको दाहिने हातको पाखुरा र बाँया हातमा चोट लागेको छ, जबकि शिवप्रसादको टाउको र निधारमा चोट लागेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेसमबहादुर खत्रीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीका अनुसार डाँगीको उपचार कान्तिपुर सामुदायिक अस्पतालमा भइरहेको छ । कुँवरलाई श्रीनगरस्थित मेट्रो अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad