घोराहीको एक मोटरसाईकल ग्यारेजमा आगलागी


दाङ्ग, ५ असोज । घोराहीको एक मोटरसाईकल ग्यारेजमा आगलागी भएको छ । घोराही १५ शहिद गेटबाट दक्षिणतर्फ रहेको मिक्सो मोटरसाइकल पार्टस् तथा ज्यारेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज अपराह्न ४ बजेर ५० मिनेट जादा आगलागी भएको र ५ बजेर २५ मिनेटमा आगलागि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रहरी, सेना, स्थानियवासी र उपमहानगरको दमकलको सहयोगले आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad