राउटे शाहीले मुख्यमन्त्री आचार्यसंग दशैं खर्च मागे

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३ असोज । सुर्खेतका ६० बर्षिय राउटे दिलबहादुर शाहीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर दसैं खर्च मागेका छन् । मुख्यमन्त्री आचार्यलाई  भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आईपुगेका शाहीले दसैं खर्चका माग्दै  मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसी उपहार समेत दिएका छन्।

सुर्खेतमा बस्दै आउनु भएका शाही मुख्यमन्त्रीलाई भेट्न बुधवार यहाँ आईपुगेका हुन् । ‘यो काठको कोशी हो । हातैले बनाएको । यस्तो कोशी बनाउन थालेको धेरै भइसक्यो’उनले भने,‘मुख्यमन्त्री ज्यू, दसैं त आईहाल्यो त । खर्च चाहियो ।’ दसैं खर्च माग्न यसपाली शाही एक्लै लुम्बिनी प्रदेश सम्म आईपुगेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘साथीहरु आउन थालेका थिए । गाडी चढ्न डराए’उहाँले भन्नुभयो,‘मरे मै मरुला भनेर आएँ ।’ राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् । राउटे समुदाय हरेक बर्ष दसैंको खर्चको लागी प्रदेश सरकारमा धाउदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रो संग दसैं मनाउन दिलहादुर मार्फत सन्देश पठाएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad