राप्ती गाउँपालिकाद्वारा खेलाडीहरुलाई सम्मान

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुल बहादुर कवँर मगर

दाङ, ३ असोज । दाङको राप्ती गाउँपालिकाले खेलाडीहरुलाई सम्मान गरेको छ। गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर पालिकाका तीन जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिई विभिन्न पदक बिजेता खेलाडीहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ५५ केजी कुमुतेमा प्रथम हुन सफल राप्ती गाउँपालिका वडा नं.८ की विष्णा रेश्मी मगर,अन्डर ट्वान्टी साफ फुटवल खेलमा सहभागी भई द्वितीय हुन सफल वडा नं.२ का विशाल केसी र मिस्टर युनिभर्सल,मिस्टर एसिया,मिस्टर इन्डिया लगायत‌का प्रतियोगितामा सहभागी वडा नं.१ का बडि बिल्डर माधव सुवेदीलाई जनही नगद दुई/दुई हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेको हो।

सम्मान पछि बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खेलकुदको माध्यमबाट गाउँपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै खेलाडीहरूलाई धन्यवाद दिनुभयो । त्यस्तै उहाँले खेलाडीहरुलाई भविष्यमा अझ ठूला उपलब्धिहरू हासिल गर्न शुभकामना दिदै खेलकुदको विकासमा पालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad