सल्यानको कपुरकोट गाउँपालिका उत्कृष्ट तीनमा पर्न सफल

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यान, ३० भदौ । सल्यानको कपुरकोट गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशको उत्कृष्ट तीन स्थानीय तहमा पर्न सफल भएको छ । लगातार तीन वर्षसम्मको वित्तीय र भौतिक प्रगति, कार्यक्रमसँग साझेदारी रकमको उच्च प्रतिशत र रोजगार संयोजकको उत्कृष्ट कार्यसम्पादनका आधारमा कपुरकोटलाई यो सम्मान प्राप्त भएको हो ।

भदौ २७ र २८ गते सुर्खेतमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा कपुरकोट गाउँपालिकाले संघीय सरकारले प्रदान गरेको यो सम्मान प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार मन्त्रालयले देशभरका सातवटा प्रदेशबाट तीनवटा तहलाई छनोट गरी २१ उत्कृष्ट स्थानीय तहलाई कदरपत्रसहित सम्मान गरेको हो । कपुरकोटसँगै गाउँपालिकामा कार्यरत रोजगार संयोजक विपना बुढा मगरलाई पनि कार्यक्रमको सफल कार्यान्वयनमा गरेको योगदानको लागि कदरपत्र प्रदान गरिएको छ ।

कपुरकोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १०० प्रतिशत वित्तीय साझेदारी गर्दै दुर्गम र विकट स्थानहरूमा पूर्वाधार विकासको उल्लेखनीय कार्य गरेको प्रमुख प्रशासकिय अधिकृत वलीले बताउनुभयो । पालिकाले सडक स्ल्याब, सिँचाइ कुलो लगायतका पक्की संरचनाहरू निर्माण गरेर आर्थिक र सामाजिक विकासमा टेवा पु¥याएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पालिकाले श्रमिकहरूलाई रोजगारी प्रदान गर्दै स्थानीय विकासलाई गति दिएको छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले यो सम्मानले पालिकाको विकासप्रति गरिएको मेहनतलाई पुष्टि गरेको बताउनुभयो । उहाँले कार्यक्रमको सफलतामा योगदान गर्ने सबै कर्मचारी, जनप्रतिनिधि, र श्रमिकहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप प्रभावकारी परियोजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमले कपुरकोट गाउँपालिकामा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै समृद्धिका नयाँ ढोका खोलेको बताउनुभयो । उहाँका अनुसार कपुरकोटले आगामी दिनमा थप पूर्वाधार विकास र आर्थिक सुदृढीकरणको दिशामा योजनाहरू अघि बढाउने योजना बनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad