तुलसीपुरमा स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगति समीक्षा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३० भदौ । तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले आर्थिक वर्ष ०८०/०८१ का स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा कार्यक्रम गरेको छ । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षतामा तथा नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा समिक्षा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेका प्रमुख कार्यक्रमहरू घरेलु हिंसा, आत्महत्या र जीवनशैलीसम्बन्धी सचेतना अभियान, क्षयरोग मुक्त अभियानका लागि योजना र समिति गठन, बसपार्कमा चालकहरूको स्वास्थ्य परीक्षण, महिला र ज्येष्ठ नागरिक शिविरहरूमा देखिएको प्रगति, स्वस्थ मुटु मेयर अभियान, अपाङ्गता सेवाका लागि आवासीय सेवा सुरु गर्नेजस्ता कार्यक्रमहरू प्रस्तुत गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समीक्षामा पवननगर, फूलबारी, र उरहरी स्वास्थ्य चौकीहरूलाई उत्कृष्ट कार्य सम्पादनको लागि सम्मान गरिएको छ । नगर स्वास्थ्य केन्द्रतर्फ दोघरे नगर स्वास्थ्य केन्द्रलाई प्रथम, डवाङपुरलाई दोस्रो र तुलसीपुर बसपार्क नगर स्वास्थ्य केन्द्र तेस्रो भएका छन् ।

कार्यक्रममा नगर उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपाने, विभिन्न शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समीक्षामा उत्कृष्ट तथ्यांक व्यवस्थापनका लागि राप्ती प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण फोकल पर्सन विमल केसीले गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad