न्यूनतम साझा कार्यक्रम ल्याऊ : प्रदेशसभा सदस्य खनाल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २८ भदौ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेशसभा सदस्य राजु खनालले सरकारमा रहेका दलहरूको न्यूनतम साझा कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गरेका छन् । प्रदेश सभाको बैठकमा विशेष समयमा बोल्दै खनालले सरकार एउटा दलको मात्र नभएको र अहिलेको बजेट, नीति तथा कार्यक्रम ल्याउँदा सरकारमा नरहेका दल पनि रहेकाले सरकारको प्राथमिकता निर्धारण गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।

खनालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबिबिएसको अध्यापन सुरु हुनु प्रदेशको स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको भन्दै स्वास्थ्य क्षेत्रमा भएको उपलब्धि प्राप्तिमा भूमिका खेल्ने सबैलाई धन्यवाद दिए । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका खनालले प्रतिष्ठानसँग प्रदेश सरकारले सहकार्य गरेर प्रदेशको देखिएको स्वास्थ्य सुधारमा काम गर्न सक्ने समेत बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश सभा सदस्य खनालले सरकारले ल्याएको पाँच लाख बढीका सबै आयोजना टेण्डरबाट गर्ने नीति कार्यान्वयनमा जटिलता हुन सक्नेतर्फ सरकारलाई सजग गराए । उपभोक्ता समितिको नाममा बजेट दुरुपयोग भएको भन्ने दाबीका आधारमा ठेक्कामा दिने तर योजना पूरा नभएर निर्माण व्यवसायीले अलपत्र परे के गर्ने ? यसप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

उनले प्रदेशमा बजेट कार्यान्वयन हुन नसकेको अवस्था समस्याको रूपमा रहेको भन्दै चालु आर्थिक वर्षको बजेट खर्च बढाउन असोज महिनादेखि नै कार्यान्वयनमा लैजानु पर्ने बताए । यसका लागि आवश्यक कानुन भदौभित्रै बनाइसक्नु पर्ने उनको भनाइ थियो । उनले प्रदेश प्राकृतिक विपत्तिको जोखिममा रहेको भन्दै यसबाट नागरिकलाई बचाउने काममा चनाखो हुन सरकासँग माग गरे । प्रदेशमा पछिल्लो समय वन्यजन्तुको आक्रमण पनि विपतका रूपमा अगाडि आइरहेको उनको भनाइ थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad