दाङमा पल र पुजा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ भदाै । चलचित्रको प्रचार प्रसारका लागि दाङ आएका नायक पल शाह र नायिका पुजा शर्मासँग नारायणपुरमा रहेको भिएफएक्स सनेमाजमा चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले साक्षात्कार कार्यक्रम सम्पन्न गरेको थियो । सङ्घका जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रका नायक पल शाहले आफूले चलचित्रमा धेरै मिहेनत गरी काम गरेको बताए । उनले दर्शकको चाहाना बमोजिमको चलचित्र रावायण भएको समेत जानकारी दिए। उनले दर्शकलाई एकपटक चलचित्र हेरी नेपाली फिल्मलाई माया गरिदिनुहुन आग्रह गरे ।

यस्तै चलचित्रकी नायिका तथा निर्मात्री पुजा शर्माले सिनेमा राम्रो बनेको र सिनेमा हेरेका दर्शकले सिनेमा मन पराइदिएकोमा खुसी व्यक्त गरिन् । साथै दाङ जिल्लामा आफू पहिलो पटक आएको र आफूले दाङवासीहरुको असाध्यै माया पाउँदा प्रफुल्लित भएको बताइन । उनले आम दर्शकलाई सिनेमा हेर्न समेत आग्रह गरिन । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय कार्यसमिति सदस्य ध्रुव राज न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन दाङ शाखा कोषाध्यक्ष भूपेश वलीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैविच प्रदर्शनरत चलचित्र ‘रावायण’को प्रचार प्रसारका लागि यतिवेला रावायणका कलाकार मोफसलका विभिन्न जिल्लामा छन् । बुधवार चलचित्र रावायणका नायक पल शाह तथा चलचित्रकी निर्मात्री समेत रहेकी नायिका पुजा शर्मा दाङका विभिन्न सिनेमा हलमा दर्शक सँगको साक्षात्कारमा उपस्थित भए । दाङ घोराहीको मनकासी सिनेमा हल, गणेश चित्रालय तथा नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा पल शाह र पुजा शर्मा पुगेका थिए ।

त्यहाँ पुग्दा उनीहरु दर्शकको घेरा भन्दा बाहिरी जान सकेनन् । दर्शक माझ घेरिए पल शाह र पुजा शर्मा । उनीहरुले फिल्म हलमा दर्शक संग संगै बसेर चलचित्र हेरेका थिए । चलचित्र हेरिसके पछि दर्शकको प्रतिक्रिया उत्साहजनक आएको थियो । चलचित्रमा नायक पल शाह र नायिका पुजा शर्माले एकदमै राम्रो काम गरेको र सिनेमाको छाँयाङकन पक्ष पनि दमदार रहेको दर्शकहरूले बताएका थिए । फिल्म पछि कलाकारद्वय पल र पुजा दर्शकसँगसँगै नाचेका समेत थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad