स्थानीय पर्यटनको आकर्षण केन्द्र बन्दै राप्ती शान्ति उद्यान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २४ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान स्थानीय तथा राष्ट्रिय पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।

शान्त वातावरण, हरियाली, र विविध जातका बोटबिरुवाले भरिपूर्ण यो उद्यान दाङ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित हुँदैछ । उद्यानमा गत आर्थिक वर्षमा मात्रै २ लाख बढीले अवलोकन गरेको अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उद्यानले पर्यटकहरूलाई प्रकृतिसँग नजिकिने अवसर प्रदान गर्नुका साथै, ध्यान र शान्ति अनुभव गर्न अनुकूल स्थानको रूपमा विकास भएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार, उद्यानले पर्यटनको विकाससँगै समुदायको आर्थिक विकासमा पनि सकारात्मक भूमिका खेलेको छ ।

उद्यानलाई थप सुधार र विस्तार गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले यस योजनामा उद्यानमा थप संरचना निर्माण, सुन्दरताको अभिवृद्धि, र पर्यटकको सुविधाका लागि आवश्यक पूर्वाधारको विकास समावेश गरिने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नजिकिँदो पर्यटकीय मौसममा उद्यानमा आगन्तुकहरूको संख्या थप वृद्धि हुने अपेक्षा गरिएको छ, जसले दाङ जिल्लाको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउनेछ।

Blog Post Ad Blog Post Ad Blog Post Ad