बर्दियामा गैँडाको आक्रमणबाट ‘गाइड’को मृत्यु

दाङ, २१ भदौ । शुक्रबार बिहान बर्दियामा गैँडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु भएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका-६ स्थित डल्ला सामुदायिक वनमा गैँडाले आक्रमण गर्दा ‘नेचर गाइड’ ठाकुरबाबा नगरपालिका-९ बस्ने ३५ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै घटनामा अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन्।

उनीहरूको अहिले भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइतेको परिचय उपलब्ध हुन बाँकी छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad