रोल्पामा गणित र विज्ञान शिक्षकको खडेरी !

Blog Post Ad Blog Post Ad Blog Post Ad

रोल्पा, १८ भदौ । देविमन्दिर माध्यमिक विद्यालय सुनछहरी गाउँपालिका ५ रोल्पाले ५ भाद्र २०८१ म तेश्रो पटक शिक्षक पदपूर्तीका लागी विज्ञापन गर्यो । संघीय अनुदान कोटवाट तलव भत्ता पाउने गरी उसले त्यस अघि २ पटक विज्ञापन गरिसकेको थियो । गणित विषयमा वि.एड वा सो सरह शैक्षिक योग्यता भएका व्यक्तिहरूका लागी दर्खास्त आवह्वान गरिएपनि शुन्य दर्खास्त परेपछि विद्यालय व्यवस्थापन समितिले तेश्रो पटकका लागी विज्ञापन गरेको हो ।

कृष्ण माध्यमिक विद्यालय माडी गाउँपालिका १ घर्तीगाउँ रोल्पाले १२ भाद्र २०८१ मा विज्ञान शिक्षक पदपूर्तीका लागी तेश्रो पटक विज्ञापन ग¥यो । माडी गाउँपालिकावाट प्रदान गरिएको आधारभूत तह (६—८) विज्ञान विषयका लागी त्यस अघि उसले दुई पटक विज्ञापन गरी सकेको थियो । दुई पटक विज्ञापन गर्दा समेत शुन्य दर्खास्त परेपछि विद्यालय व्यवस्थापन समितिको निर्णय वमोजिम विद्यालयले तेश्रो पटकका लागी विज्ञापन गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नमुना माध्यमिक विद्यालय सुनछहरी गाउँपालिका ५ कसलाले ५ भदौ २०८१ मा दोश्रो पटक विज्ञान शिक्षक पदपूर्तीका लागी विज्ञापन ग¥यो । मावि संघीय अनुदान शिक्षकमा लागी त्यस अघि उसले ७ भाद्र २०८१ मा विज्ञापन गरेको थियो । पहिलो पटक गरिएको विज्ञापनमा शुन्य दर्खास्त परेपछि विद्यालय व्यवस्थापन समितिको वैठकले पुनः दोश्रो पटक विज्ञापन गर्ने निर्णय गरेको थियो ।

शिक्षक व्यवस्थापनमा रोल्पाका सामुदायिक विद्यालयले भोग्दै आएका समस्याको नमूना हुन यी । विज्ञान र गणित विषय अध्यापन गर्ने शिक्षक नपाउदा यहाँका सामुदायिक विद्यालयहरूले पटक पटक विज्ञापन गर्नु पर्ने झंझट व्यहोर्दै आएका छन । अन्य विषय अध्यापन गराउने शिक्षकका लागी तिव्र प्रतिस्पर्धा भएपनि गणित र विज्ञान विषय अध्यापन गराउने शिक्षक भेट्टाउनै मुस्किल हुन्छ जिल्ला सदरमुकाममा रहेको विद्यालय वालकल्याण नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतवहादुर डाँगीले भने । जिल्लाका दुर्गम विद्यालय मात्र हैन सदरमुकामकै विद्यालयले पनि यो समस्या भोग्दै आएका छन डाँगीले भने ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यार्थी संख्या अनुसार दरवन्दी उपलव्ध नहुदा संघीय सरकार र स्थानीय सरकारहरूले शिक्षक व्यवस्थापन गर्ने आएका छन । संघीय सरकार र स्थानीय तहको अनुदानवाट तलव सुविधा पाउने त्यस्ता शिक्षक पदपूर्ती गर्दा यहाँका विद्यालयहरूले समस्या भोग्ने गरेका छन । लामो समय देखी गणित तथा विज्ञान विषयको शिक्षक अभाव हुदै आएको शैक्षिक क्षेत्रको जानकारहरू वताउछन । जिल्लामा त्यस्तो जनशक्ति निकै कम हुदा यस्तो समस्या भोग्नु परेको मावि लिपुवाङका प्रधानाध्यापक जीतकुमार शर्माको भनाई छ ।

आधारभूत तहका लागी पठनपाठन गराउन कम्तिमा प्लस टु तहको शैक्षिक योग्यता पुरा भई शिक्षक स्थायी अध्यापन अनुमती पत्र लिएको हुनु पर्छ । गणित विषयमा यो स्तरको जनशक्ति उत्पादन गर्ने गरी जिल्लामा थुप्रै प्लस टु भएपनि विज्ञान विषय अध्यापन गराउने प्लस टु संख्या २ वटा मात्रै छ । सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना मावि र त्रिवेणी गाउँपालिकामा रहेको जनजागृती नमूना माविले विज्ञापन विषयमा प्लस टु संचालन गरेका छन । ती विद्यालयहरूमा समेत विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको संख्या निकै न्यून हुने गरेको वताईन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो समस्यालाई हल गर्न रोल्पा नगरपालिकलो छात्रवृत्ती योजना समेत अघि सारेको छ । २०७५ साल देखी प्राविधिक छात्रवृत्ती दिँदै आएको रोल्पा नगरपालिकाले अघिल्लो वर्ष देखी छात्रवृत्तीको दायरालाई थप फराकिलो बनाउँदै अन्य विषयमा समेत छात्रवृत्ती उपलब्ध गराउने योजना अघि सारेको छ । नगरपालिकाले जिल्लामा गणित र विज्ञान अध्यापन गराउने शिक्षकको अभाव भएको भन्दै कक्षा ११ र १२ मा १० जनालाई ती विषय अध्ययन गर्न छात्रवृत्ती उपलव्ध गराउने भएको छ । यसका साथै उसले स्नातक तहमा समेत ६ जनालाई छात्रवृत्ती दिने कार्यक्रम अघि सारेको छ ।

स्नातक तहमा शिक्षा शास्त्र संकाय अन्तरगत विज्ञान र गणित विषय अध्ययन गरिरहेका नगरभित्रका भित्रका विद्यार्थीलाई सो छात्रवृत्ती उपलव्ध गराउने रोल्पा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कर्णवहादुर पुनमगरले जानकारी दिए । नगरपालिकाको छात्रवृत्तीले गणित र विज्ञान विषयमा जिल्लामा देखिदै आएको शिक्षक समस्या केही हद सम्म भएपनि कम हुने अपेक्षा गरेका छौं शिक्षा अधिकृत पुनमगरले भने ।

Blog Post Ad Blog Post Ad Blog Post Ad