दाङमा बलात्कारको कसुरमा एक जनालाई सात वर्ष कैद

दाङ, १८ भदौ । दाङको दंगिशरण गाउँपालिकाका एक व्यक्तिलाई बलत्कार कसुरमा सात वर्ष जेल सजाय हुने भएको छ । बलात्कार गरेको कसुरमा दाङ जिल्ला अदालतले दंगीशरण गाउँपालिका-२ का दीपक वलीलाई सात वर्ष कैद सजाय गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले दोषी ठहर गर्दै सात वर्ष कैद, तीन लाख जरिवाना र ४० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad