दंगीशरणमा छोरी सम्मान कार्यक्रम, दुई वर्षमा आठ लाख बढी रकम जम्मा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १३ भदौ । दंगीशरण गाउँपालिकाले छोरीहरूको खातामा आठ लाख बढी रकम जम्मा गरेको छ । ‘छोरी सम्मान कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले दुई वर्षको अवधिमा दुई सय ३२ जना छोरीको खातामा मासिक तीन सय दरले आठ लाख ८९ हजार पाँच सय रुपैयाँ जम्मा गरेको हो ।

उच्च शिक्षा अध्ययनमा छोरीहरूलाई सहयोग पु¥याउने उद्देश्यले दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० देखि ‘छोरी सम्मान कार्यक्रम’ सुरु गरेको थियो । सोही कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७९÷०८० मा एक सय २३ जना र आर्थिक वर्ष ०८०÷०८१ मा एक सय नौ जना गरेर दुई सय ३२ जना छोरीका खातामा रकम जम्मा गरिएको दंगीशरण गाउँपालिकाका सूचना अधिकारी टेकबहादुर खत्रीले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सूचना अधिकारी खत्रीका अनुसार पहिलो वर्ष एक सय २३ जना छोरीको खातामा दुई लाख ५० हजार दुई सय र दोश्रो वर्ष नयाँ एक सय नौ जना छोरीसहित दुई सय ३२ जना छोरीहरूको खातामा छ लाख ३९ हजार तीन सय रुपैयाँ जम्मा भएको छ । यसरी जम्मा भएको रकम पालिकाको स्वीकृतिमा छोरीहरूले शिक्षाका लागि खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

गाउँपालिकाले आर्थिक रूपमा विपन्न परिवारका छोरीहरूलाई उच्च शिक्षा अध्ययनमा सहयोग गर्ने उद्देश्यले छोरी सम्मान कार्यक्रम सुरु गरेको भन्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले विभिन्न बालबालिकालाई थोरै सहयोग पुग्ने बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गाउँपालिकामा रहेको कुमारी बैंकमा छोरीहरूको खाता खोलेर रकम जम्मा गर्ने गरिएको छ । खाता खोल्नका लागि जन्मदर्ता, आमाबुवा वा संरक्षकको नागरिकताको छायाँप्रतिसँगै अनिवार्य वडा कार्यालयको सिफारिसको व्यवस्था गरिएको छ । गाउँपालिकाले १८ वर्षसम्म प्रत्येक महिना तीन सयका दरले खातामा रकम जम्मा गरिदिन्छ । छोरीहरूको नाममा जम्मा गरिएको रकम १८ वर्ष पुगेपछि मात्रै निकाल्न पाउने कानुनी व्यवस्था गरिएको भन्दै गाउँपालिका अध्यक्ष गिरीले भने, ‘यसरी जम्मा गरिएको रकमले आर्थिक रूपमा विपन्न परिवारका छोरीलाई पढाइमा सहयोग पुग्नुका साथै बालविवाह न्यूनीकरणमा सहयोग पुगोस भन्ने हो ।’

खातामा जम्मा गरेको रकम अध्ययनका लागि बिचमै झिक्नु पर्ने अवस्था आए पालिकासँग सल्लाह गरेर मात्र झिक्न पाउने व्यवस्था गरिएको छ । छोरी सम्मान कार्यक्रमको मुख्य उद्देश्य छोरीहरूलाई शिक्षा आर्जनमा सहयोग गर्दै बालविवाह न्यूनीकरण गर्ने रहेको गाउँपालिका अध्यक्ष गिरीले बताए । गाउँपालिकाले आर्थिक वर्ष ०७९÷०८० को साउन महिना भन्दापछि जन्मिएका छोरीहरूको खातामा मासिक तीन सय रुपैयाँका दरले रकम जम्मा गर्दै आएको गाउँपालिकाले जनाएको छ । खाता खोलेका बालबालिकाले जम्मा गरेको रकम आफू १८ वर्ष पूरा भएपछि मात्र निकाल्न पाउने व्यवस्था गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad