दाङका वस्तीहरू अझै अँध्यारोमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १३ भदौ । विकासका मुख्य सूचकहरूमध्ये बिजुली एक महत्वपूणर् पूर्वाधार हो, जसले नागरिकहरूलाई उज्यालोको अनुभव प्रदान गर्दछ । तर, दाङका विभिन्न बस्तीहरू अझै पनि अँध्यारोमा बस्न बाध्य छन् ।

टुकी र सोलारको भरमा जीवन गुजार्नुपरेका तुलसीपुर उपमहानगरपालिका-१ गैरासिउरेका कृष्ण केसी लगायत अन्य स्थानीय बासिन्दा बिजुलीको आशामा वर्षौंदेखि प्रतीक्षारत छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गैरासिउरेको घर नजिकै धनबास खोलापारि ३ नम्बर वडाको थापा पानीमा बिजुली बलिरहेको देख्दा स्थानीयहरू लोभिन्छन्, तर आफैं भने अँध्यारोमा बस्न बाध्य छन्। अबिधारा, जुगेपानी, बयाले, काफल ठुटे, रानी टाकुरा, र चुरेघारीका नागरिकहरूलाई विद्युत् नहुँदा विद्यार्थीहरूको पढाइदेखि दैनिक जीवनका कार्यहरू प्रभावित भएका छन् ।

वडाका जनप्रतिनिधिहरूले बस्तीहरूमा बिजुली पुर्‍याउन पालिका र विद्युत् कार्यालयमा बारम्बार धाउँदा पनि हालसम्म समस्या समाधान भएको छैन । वडा नम्बर १ का अध्यक्ष हुमकान्त सापकोटाका अनुसार, यी बस्तीहरूमा विद्युत् सेवा विस्तार गर्न करिब एक करोड ६२ लाख रुपैयाँ आवश्यक पर्नेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिवनारायण गोशालीका अनुसार, तुलसीपुर उपमहानगरपालिका, शान्तीनगर, दंगिशरण, र बबई गाउँपालिकाका केही बस्तीहरूमा अझै बिजुली पुगेको छैन ।

सरोकारवालाहरूले संघीय सरकारबाटै विशेष पहल गरी करिब ३,५०० घरधुरीमा बिजुली पुर्‍याउन माग गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad