तुलसीपुरमा एक घरबाट ६ तोला सुनको गरगहना चोरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १२ भदौ । तुलसीपुरको एक घरमा ६ तोला सुनको गरगहना चोरी भएको छ । तुलसीपुर-११ कटाहमा नवराज शर्माको घरबाट गरगहना चोरी भएको हो । चोरले आज दिउँसो करिब ३ बजेतिर घरमा कोहि नभएको मौका छोपी गरगहना चोरी गरेको शर्माले बताउनुभयो ।

उहाँका अनुसार दिदी अस्मिता शर्माको गरगहना चोरी भएको हो । तुलसीपुर-१७ हेमन्तपुर बनकट्टी निवासी शर्माले माइतीमै गरगहना राख्नुभएको थियो । चोरले लकर फोडेर चोरी गरेको नवराजले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गरगहनाको पछिल्लो मूल्य अनुसार करिब ९ लाखको रहेको उहाँले बताउनुभयो । उहाँले गरगहना चोरी गर्ने चोर पत्ता लगाउन प्रहरीमा खबर गरिसकेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad