महेन्द्र बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुख रेग्मीद्वारा पदभार ग्रहण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ भदौ । दाङको घोराही स्थित जेठाे सरकारी महेन्द्र बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका उप प्राध्यापक राजेन्द्र कुमार रेग्मीले पद बहालि गरेका छन । क्याम्पस प्रमुख भरत न्यौपानेले रेग्मिलाई फुल, माला, टीका लगाई मंगलबार पद बहाली गराएका हुन । पद्भार ग्रहण गर्दै रेग्मीले आफ्नो कार्यकाललाई सफल बनाउन सबैलाई आग्रह गरेका छन । रेग्मिलाई क्याम्पसका प्राध्यापकहरुले बधाई तथा शुभकामना दिएका छन ।

त्रिभुवन बिश्व बिद्यालय शिक्षाध्यक्षको कार्यालयले घोराही निबासी रेग्मीलाई भदौ ७ गतेदेखी लागु हुने गरि सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो । बिश्व बिद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसिले २ बर्षको लागि सो पदमा नियुक्त गरेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad