बेलझुण्डी डोजाङद्वारा तेक्वान्दोका खेलाडीको ग्रेडिङ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ भदौ । बेलझुण्डी तेक्वान्दो डोजाङले खेलाडीको ग्रेडिङ गरेको छ ।  त्यस अवसरमा लुम्बिनी प्रदेशका खेलकुद परिषद सदस्य सचिव किरणराज गौतमले खेल स्वास्थका लागि फाइदाजनक रहेको बताउनुभयो ।

उहाले तेक्वान्दो खेल हात खुट्टा मात्र नभएर दिमागी खेल भएको पनि बताउनुभयो । तेक्वान्दोमा धेरै अवसरहरु रहेको भन्दै खेलाडीलाई खेल खेलेर राष्ट्रलाई चिनाउन आग्रह गर्नु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारीले खेलाडीले आफ्नो खेललाई प्राथमिकतामा राखेर खेल्नुपर्ने बताउनुभयो । खेल क्षेत्रमा धेरै चुनौती भए पनि अप्ठेरोलाई चिर्दै काम गर्नुपर्ने उहाको भनाइ छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य बिकास नेपालीले खेल क्षेत्रको विकासका लागि युवाहरुले  गरेको मेहनत भोलीका दिनमा सफलता मिल्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बेलझुण्डी तेक्वान्दो डोजाङको आयोजनामा जुनियर ग्रेडिङ तथा तिज मिलन कार्यक्रम भएको हो । यसैगरी गरि बेलझुण्डी तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक राकेश परियारले लामो समयदेखि निरन्तर खेलाडीसंगै रहेर काम गर्दै आएको बताउनु भएको छ । खेल क्षेत्रको विकास, खेलाडीको उन्नति र सम्रग खेलकुदको सुधारका लागि आफुले काम गर्दै आएको बताउनुभयो ।

दाङ जिल्ला तेक्वान्दो कोषाध्यक्ष सुरज केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला तेक्वान्दो संघका सदस्य प्रकृति पुनले गर्नु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad