रोल्पामा हाटबजारबाट फर्किदै गरेको ट्याक्टर दुर्घटना

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० भदौ । रोल्पाको त्रिवेणी गाउँपालिका २ दहवनमा रहेको हाटबजारमा तरकारी पुर्याइ फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको छ । लु ४ त ८९५२ नम्बरको ट्याक्टर आज दिउँसो अन्दाजी १: ३० बजे त्रिवेणि २ दहखोलामा दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटनामा परि सन्जय रोका , मनिष बस्नेत , निर्माण खड्का , करण विक, तिलक रोका सहित ५ जना घाइते भएका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइते ५ जनाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेकोमा सन्जय रोकालाइ थप उपचारका लागि दाङको घोराही रिफर गरिएको छ । दुर्घटना के कारणले भएको भन्ने बारे केही खुलेको छैन ।दुर्घटना पछि चालक गिरिराज बस्नेत फरार रहेको ईलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ । घटनबारे थप अनुसन्धान भैरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad