शान्तिनगर गाउँपालिकालाई जुम्लेकुलामा सारियो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ५ भदौ । शान्तिनगर गाउँपालिकालाई जुम्लेकुलामा सारिएको छ । यस अघि गाउँपालिकाले शान्तिनगरको चिरेघाटबाट सेवा दिदै आएको थियो । भदौ २ गते आइतबार बेलुकीपख प्रहरीको सहयोगमा पालिकाको सम्पूर्ण सामानहरु जुम्लेकुलामा सारिएको थियो । सोमबारदेखि नै सेवा सुचारु गरिएको गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभयो । तत्कालका लागि आफ्नै भवन नभएका कारण पालिकाले सामुदायिक वन, खानेपानी र स्वास्थ्यको भवनबाट आफ्नो सेवा सुचारु गरेको छ ।

गएको माघ महिनामा बसेको १५ औं गाउँसभाले चिरेघाटमा रहेको पालिकालाई जुम्लेकुलामा सार्ने निर्णय गरेपछि त्यसका विरुद्धमा फागुनमा सर्वोच्चमा रिट परेको थियो । गएको साउन २५ गते सर्वोच्चले औचित्य नभएको भन्दै रिट खारेज गरेपछि पालिकाले जुम्लेकुलामा पालिाका सार्ने आँट गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीय केहि व्यक्तीले ३ नम्बर वडा अध्यक्ष बाहेक पालिका अध्यक्ष, उपाध्यक्ष र अन्य ६ जना वडा अध्यक्षलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका थिए । ७ वटा वडा मध्य अब ५ वटा वडाका स्थानीयले घरबाटै हिडेर सहज रुपमा पालिकाबाट सेवा लिन सक्ने अध्यक्ष बस्नेतले बताउनुभयो । ‘एकदुई जना व्यक्तीले व्यापारिक स्वार्थका कारण चिरेघाटमै पालिका राख्न चाहन्थे । तर त्यो सम्भव भएन । अन्तत्वगत्वा जनताले ठूलो न्याय पाएका छन् । यो जनताको जित हो । अब २, ३, ४ , ५ र ७ नम्बर वडाका स्थानीयले घरबाटै हिडेर सेवा लिन सक्ने भएका छन् ।’ अध्यक्ष बस्नेतले भन्नुभयो । यस अघि पनि तत्कालिन गाउँपालिका अध्यक्ष कमान सिङ डाँगीले जुम्लेकुला लग्ने प्रयासका विरुद्ध उच्च अदालत तुलसीपुरमा रिट परेको थियो ।

पालिकालाई जुम्लेकुलामा सारेसंगै मीश्रीत प्रतिकृयाहरु आएका छन् । नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष बस्नेतलाई आफ्नो पार्टी भन्दा एमालेबाट बढी सहयोग पाएको बताइन्छ । एमाले र माओवादीका वडा अध्यक्षको बलमा पालिकालाई सारिएको स्थानीयले बताउँछन् । त्यसको पुष्टि गर्ने गरि नेकपा एमाले शान्तिनगरले विज्ञप्ती जारी गरेर पालिका सारेकोमा स्वागत गरेको छ । यता काँग्रेसका केही स्थानीय नेताहरुले भने जनताको मनोभावना विपरित गाउँपालिका सारेर चिरेघाटलाई सुकाउने काम गरेको बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad