सल्यान : सात वर्षदेखि एक्सरे मेसिन थन्किँदा उपचारमा समस्या

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३२ साउन । सल्यानको छत्रेश्वरी गाउँपालिका– ५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा  विगत सात वर्षदेखि एक्सरे मेसिन थन्किएको छ। दक्ष जनशक्तिको अभावका कारण जडान गरेकै वर्षदेखि एक्सरे मेसिन प्रयोगमा नआई थन्किएको हो ।नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन ०७४ मा युनिसेफले स्वास्थ्य मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्सरे मेसिन उपलब्ध गराएको थियो।

युनिसेफले सहयोग गरेको मेसिन अहिलेसम्म प्रयोगमा आउन नसक्दा स्थानीय एक्सरे गर्नका लागि सल्यान जिल्ला अस्पताल तथा श्रीनगर बजारमा रहेका निजी अस्पताल धाउन बाध्य भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सात वर्षदेखि कोठामा थन्किएको एक्सरे मेसिन सञ्चालनमा आउन नसक्दा समस्या भएको स्थानीय दीर्घ पुनले बताए । उनले भने, ‘लामो समयदेखि डाक्टरविहीन रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर आएपछि केही राहत भए पनि एक्सरे मेसिन र एम्बुलेन्स सञ्चालनमा आउन नसक्दा बिरामीले सास्ती खेप्नु परिरहेको छ।’ एक्सरे मेसिन प्रयोगमा नआउँदा वडावासी मात्र नभई उपचारका लागि आउने झिम्पे, दहखोला, शारदा नगरपालिका– १३ स्यानीखालका बासिन्दा समस्यामा परेको पुनको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराका प्रमुख डा। राजन अधिकारीले मेसिनमा जोड्ने एक सानो सामग्री ल्याउन छुटेको भनेर त्यसवेला प्राविधिकले जडान गर्दागर्दै छाडेको र अहिलेसम्म त्यो सामग्रीको व्यवस्था गर्न नसक्दा सहयोगस्वरूप प्राप्त एक्सरे मेसिन सञ्चालनमा आउन नसकी कोठामा थन्किएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

छत्रेश्वरी गाउँपालिका– ५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले स्वास्थ्य केन्द्रमा प्राविधिकको दरबन्दीसमेत नभएकाले एक्सरे मेसिन सञ्चालनमा आउन नसकेको बताए । एक्सरे मेसिन सञ्चालनका लागि गत वर्ष प्रदेश सरकारलाई पत्र पठाए पनि कुनै चासो नदिएको उनको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad