शान्तिनगरमा मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसानहरु चिन्तित

Blog Post Ad Blog Post Ad Blog Post Ad

निता चौधरी

दाङ, ३२ साउन । दाङको शान्तिनगरमा मकैमा डाँठ कुहिने रोग र फौजी किरा देखापरेपछि किसानहरु चिन्तित भएका छन् । मकैमा यस्तो समस्या देखा परेपछि विगतका वर्षहरु जस्तो मकै बालीबाट क्षति बेहोर्नु पर्ने भन्दै किसानहरु चिन्तित भएका हुन् । छिटफुट रुपमा शान्तिनगरका सबै क्षेत्रका किसानहरुको बालीमा यस्तो समस्या देखिएको कृषि शाखाका प्रमुख यमकान्त पाण्डेले जानकारी दिनुभयो । शान्तिनगरमा यसवर्ष मात्रै नभएर विगत केही वर्षदेखि नै मकैमा डाँठ कुहिने रोग लागिरहेको उहाँले बताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘कति क्षेत्रफल भन्ने एकिन गर्न सकिने अवस्था छैन तर सात वटै वडामा देखिएको छ’ पाण्डेले भन्नुभयो । प्रत्येक वर्ष यस रोगले सताउने भएकाले किसानलाई बाली प्रणाली फेर्न आग्रह गर्दा पनि नमानेको उहाँको भनाइ छ । यस रोगबाट मकै बालीमा धेरै क्षति हुने भएकाले मकै छर्नु भन्दा पहिले नै सावधानी अपनाउनु पर्ने हुँदा किसानहरुलाई आफूहरुले बारम्बार आग्रह गर्दा पनि आफूले दिएको सल्लाह सुझावलाई वेवास्ता गरिरहेको बताउनु भयो । उहाँका अनुसार वर्षौ साल एउटै बाली लगाउँदा पनि त्यही रोग दोहोरिने गरेकाले बाली फेर्न आग्रह गर्दागर्दै पनि किसानले मकै नै लगाउने गरेकाले यस्तो समस्या दोहोरिरहेको छ ।

मकै लगाउने क्षेत्रमा केही वर्षका लागि धान, लगायतका स्थान अनुसार जुन बाली हुन्छ त्यही लगाउन बारम्बार आग्रह गरिरहेको उहाँको भनाइ छ । ‘रोग किराको अवषेशहरु खेतबारीमा रहिरहने भएकाले बालीनालीलाई आक्रमण गर्न सक्छन््’ उहाँले भन्नुभयो– ‘अहिले रोग लागेको मकैलाई जोगाउने कुनै पनि उपाय छैन । थोरै भए तत्काललाई विषादी छर्केर बचाउन सकिन्थ्यो तर मकै त धेरै क्षेत्रफलमा हुन्छ । ठूलो क्षेत्रफलमा रहेको मकै बारीमा विषादी छर्किने व्यक्तिलाई नै समस्या हुने गर्दछ ।’ तर पनि सकेसम्म बचाउने उद्देश्यले किसानकै बारीमा पुगेर प्राविधिक सल्लाह दिने गरेको उहाँको भनाइ छ । विउ राम्रो नहुनु, माटोमा खाद्य तत्वको कमी हुनु, पानी धेरै परेमा, पानी जम्ने ठाउँ भयो भने यस्ता रोगहरु देखिने गरेको उहाँले बताउनु भयो । गत वर्ष पनि ८५ प्रतिशत मकैमा क्षति भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसै गरी धानमा पनि गबारा र बलास्ट जस्ता रोगहरु देखा परेको छ । रोग देखा परेको क्षेत्रमा किसानहरुले बोलाएसम्म फिल्डमै गएर प्रत्यक्ष रुपमा अवलोकन गरी प्राविधिक सरसल्लाह दिइरहेको कृषि प्राविधिक केशव केसीले बताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad