तुलसीपुर उवासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा : ३ हजार ४ सय बढी मतदाता

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, २८ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । बैशाख २९ गते (भोली शनिबार) बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिनुभयो ।

मतदानका लागि तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयको दोस्रो तलामा २२ वटा बुथ तयार गरिएको संयोजक लम्सालले बताउनुभयो । यस्तै शारिरिक रुपमा अशक्तहरुको लागि कार्यालयको तल्लो तलामा ७ वटा बुथ सहित २९ वटा बुथ तयार भएको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निर्वाचनमा मतदानका लागि एकै पटक २९ जना मतदाताले सहभागिता जनाउन सकिने व्यवस्था मिलाइएको छ भने आवश्यकताका आधारमा केही बुथको संख्या थप गर्न समेत सकिने निर्वाचन समितिले जनाएको छ । अहिले मतदाताहरुलाई फोटो सहितको परिचयपत्र वितरणको काम भइरहेको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघमा कुल ३ हजार ४ सय ७७ जना मतदाता रहेका छन् । त्यस मध्ये करिब २० जनाको परिचयपत्रमा फोटो उपलब्ध नभएको निर्वाचन समितिका संयोजक लम्सालले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

फोटो सहितको मतदाता परिचयपत्र नभएको खण्डमा सवारी चालक अनुमति पत्र तथा नागरिकताको आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ । विहन ८ वजे देखि सुरु भएको मतदान वेलुका ५ वजेसम्म गर्न सकिने छ ।

निर्वाचनमा नेपाली कांग्रेसका विनिल केसीको नेतृत्वमा एउटा प्यानल र कांग्रसकै ललित जंग शाहको नेतृत्वमा ७ दलिय समर्थनमा अर्को प्यानल चुनावी मैदानमा रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad