विश्व रेडक्रस दिवस तथा रेडक्रस दाङको स्थापना दिवस एकै साथ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २६ बैशाख । आज विश्व रेडक्रस दिवस तथा नेपाल रेडक्रस दाङको स्थापना दिवस एकै साथ एक कार्यक्रमका विच तुलसीपुरमा मनाइएको छ । नेपाल रेडक्रस दाङका अध्यक्ष मदन गौतमको अध्यक्षता तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका रजिष्टार श्याम लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल रेडक्रस दुःखको साथी भएको बताएका छन् ।

मानव जातीको संरक्षण र रक्षाका लागि रेडक्रस रहेको बताएका हुन् । विपत्तीबाट जोगाउनु तथा रक्षा गर्नु रेडक्रसको मात्रै दायित्व नभएर हरेक नागरिक, सरोकारवाला तथा सरकारको रहेकोमा जोड दिएका थिए ।कार्यक्रममा नेपाली कांगे्रसका सांसद बुद्धिराम भण्डारी, सामाजिक अभियान्ता नवराज लामिछाने, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा खड्का, रेडक्रसका केन्द्रिय सदस्य भगवती शर्मा लगायतले बोल्नु भएको थियो । आज मे ८ तारिक अर्थात विश्व रेडक्रस दिवस, नेपालका पनि मनाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विश्व रेडक्रस दिवस संस्थापक हेनरीको सम्झना गर्दै विभिन्न नाराका साथ रेडक्रस दिवस मनाउने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट आधिकारीक मान्यता प्राप्त ग¥यो । तर नेपालमा भने बि।स। २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो ।

आजभन्दा १८२९ वर्ष पूर्व, ई सं १८२८ को मे ८ को दिन युरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकारी संस्थाका संस्थापक यी महान् व्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसकारुपमा संसारले सम्झना, समर्पण अनि सद्भाव व्यक्त गर्दछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि युद्ध ग्रस्त क्षेत्रहरूमा घाइतेहरूको उद्धार रहेको छ । यो संसारले धेरै युद्धहरू खेपेको छ, रक्तपातको इतिहास बोकेको छ अनि हरेक युद्धमा कैयनका सख्यामा घाइतेहरू उपचार नपाईकन छटपटाएर मरेको छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यकतालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९० भन्दा बढी देशहरूमा कार्यरत छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad