तुलसीपुरमा प्रहरीले आफूमाथि निर्घात कुटपिट गर्नेमाथि कारवाहीको माग

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की समीक्षा कोइरालाले अदालतको गेटमा डिउटीमा रहेका प्रहरीहरुले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्नुभएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गरी कोइरालाले आफूमाथि जघन्य अपराध भएको र मुद्दा अदालतमा चलिरहेको अवस्थामा ०८१ वैशाख २२ गते थुनछेक बहसपछि प्रतिवादीमाथि भएको आदेश थाहा पाउन एउटा पीडित पक्षको हिसावले गेट बाहिर अनसन बसेको अवस्थामा ५÷७ जनाको समूहमा आएको प्रहरीको टोलीले निर्घात कुटपिट गरेको पीडितले जारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले महिला प्रहरीहरुले लछारपछार गर्दै कपडा समेत च्यातिदिएको र दुवै हात, पाखुरा र शरीरभरी निलडाम हुने गरी निर्घात कुटपिट गरेकोले अहिले आफू उपचारमा रहेको भन्दै हातपात गर्ने प्रहरीमाथि कारवाही र आफूलाई न्यायका पहल गरिदिन सबैलाई अपिल गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘पीडितलाई न्याय दिनुपर्ने निकाय, न्यायका लागि सहयोग गर्नुपर्ने निकायबाट उल्टो थप कुटपिट भएकोमा मेरो खेद छ । पीडितको मनोवल गिराउने, न्याय प्रक्रियाबाट हतोत्साहित बनाउने काम स्वयं प्रहरीबाट भइरहेको मैले अनुभूति गरेकी छु । ममाथि भइरहेको अन्यायप्रति पत्रकारसहित सबैको ध्यानाकर्षण गराउन यो प्रेस विज्ञप्ति जारी गरेकी छु ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad