दाङमा कृत्रिम पोखरी बनाउने अभियान प्रभावकारी बन्दै

रमा नेपाली

Blog Post Ad

दाङ, १६ चैत्र । पानीका स्रोत सुक्दै गएपछि दाङको घोराही उपमहानगरपालिकाले पाँच वर्षे रिचार्ज पोखरी बनाउने अभियानलाई तीव्रता दिएको छ । बितेको ५ वर्षमा घोराहीमा साना र ठूला गरी ४३ वटा पोखरी निर्माण गरिएको छ । यी पोखरीको पानीबाट सिँचाइ गरी स्थानीय बासिन्दाले खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।

Blog Post Ad

पोखरीमा जम्मा गरिएको पानीले बाह्रै महिना सिँचाइ हुने भएपछि घोराही २ सुर्केडाँगीका सुशीला  चौधरीले तरकारी खेती गर्न थाल्नुभएको छ ।

काउली, बन्दा, गोलभेँडासँगै मौसमी र बेमौसामी तरकारी बेचेर औसतमा मासिक २० देखि २५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको उहाँ बताउनुहुन्छ ।

घोराही १ मा रहेको चेपे तालमा माछापालन गरिएको छ । उपमहानगरले अनुदानमा बर्सेनि उपलब्ध गराउने ३२ हजार माछाका भुराबाट वर्षमा डेढ लाख रुपैयाँ वडामा भित्रिन्छ ।

सिँचाइसँगै तालमा डुङ्गा चलाएर पनि स्थानीय बासिन्दाले रोजगारी र कमाइ गरिरहेका घोराही १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राममणि पाण्डेले बताउनुभयो ।

बढ्दो सहरीकरण र सिमेन्टका संरचना निर्माणले नगरभित्रका कुवा, इनार, ट्युबेल, जरूवाजस्ता पानीका स्रोत सुक्न थालेपछि हरेक वडामा जलासय निर्माण गरिएको जनप्रतिनिधिहरूको भनाइ छ ।

यसले खेती, वन्यजन्तु र चराचुरुंगीको बासस्थान सुरक्षित गर्न, बोटविरुवा बचाउन अति नै महत्त्वपूणर् काम गरिरहेको वातावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावत बताउनुहुन्छ ।

बजार क्षेत्र र यसअघि सिंचाई सुविधा पुुगेका बाहेक १३ वटा वडामा पालिका, वडा, प्रदेश र संघको करिब २ अर्ब ६३ करोड २६ लाख ५० हजारको  लगानीमा जलाशय निमाणर् गरिएको हो ।

वातावरण र पारिस्थितिक प्रणालीमा सन्तुलन ल्याउन पनि यसको प्रभाव देखिएकाले यो लगानीको प्रतिफल बर्षौँसम्म प्राप्त हुने घोराही उपमहानगरपालिकाका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख युबराज पौडेलको भनाइ छ ।